भत्ता प्राप्त गर्ने लाभगाहीको नामावली वडा अनुसार प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् ।
लाभग्राहीहरुले आफ्नो सम्बन्धित वडाको बैङ्कबाट भत्ता प्राप्त गर्न सक्नुहुन्छ । सम्बन्धीत वडागत बैङ्क नामावली यहाँ...
गणतन्त्र नेपालको प्रदेश नं. ३ को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।
विविध धार्मिक, साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका २७ ४१' २०” देखी २७ ४६' ३३” उत्तर अक्षांश र ८५ २१' ४५” देखी ८५ २८' १९” पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र उत्तर पश्चिममा गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।