Latest
एकिकृत शहरी विकास योजना-वडास्तरीय कार्यशाला गोष्ठी
मिति २०७५-०४-२४ गते एकीकृत शहरी बिकास आयोजनाको गुरु योजना निर्माण गर्ने उदेश्यका साथ वडास्तरीय कार्यशाला गोष्ठी सम्पन्न भयो।उक्त कार्यक्रममा नगरपालिका प्रमुख श्री कृष्णहरी थापा ज्यू, उपप्रमुख श्री बिन्दु पुडासैनी(सिम्खडा) ,प्रमुख प्रशासकीय अधिकृत श्री ईन्द्र गौतम, निर्वाचित जनप्रतिनिधि ज्यूहरु, नगरपालिकाको विभिन्न शाखा प्रमुख ज्यूहरु तथा वडाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको प्रशिक्षण शहरी विकास तथा भवन विभागका बिशेषज्ञ टोलीले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका सवल पक्ष,दुर्वल पक्ष,सम्भावना र चुनौतीहरुबारे छलफल गरिएको थियो .साथै वडा स्तरका समस्या,कारणहरु र समाधानका उपायहरु पनि छलफल गरिएको थियो।