FAQs Complain Problems

विद्यालय, छात्राबास, कोचिङ/ट्यूसन सेन्टर स्थापना तथा सञ्चालन अनुमति, विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन सम्बन्धमा।

आगामी शैक्षिक सत्र २०८१ देखि यस नगरपालिका अन्तरगत साधारण तथा धार्मिक प्रकृतिका (गुरूकुल, गोन्पा र मदरसा ) विद्यालय स्थापना एवम् सञ्चालन गर्न वा भै रहेकोमा तह तथा कक्षा थप गर्न चाहने वा छात्राबास, कोचिङ् ट्यूसन सेन्टर स्थापना तथा सञ्चालन गर्न चाहने वा सञ्चालित विद्यालयको स्थान परिवर्तन, नाम परिवर्तन, र शेयर स्वामित्व/गुठियार परिवर्तन गर्न चाहने व्यक्ति, समुदाय तथा विद्यालयहरूले नगर शिक्षा ऐन २०७५ को दफा ३ समेतका आधारमा यही २०८० पौष मसान्तभित्र नगर शिक्षा शाखामा दरखास्त पेस गर्न सूचित गरिन्छ । साथै सहजताका लागि थप जानकारी आवश्यक परेमा शाखाबाट लिई यसै साथ संलग्न नमूना दरखास्त फाराम भरी भराई प्रमाणित गरी पेश गर्नुहुन समेत जानकारी गराइएको छ । 

Supporting Documents: