FAQs Complain Problems

Photo Gallery

यस कागेश्वरी मनोहरा नगरपालिकाको आ. ब. २०७६/०७७को तेस्रो नगरसभा मिति २०७६/०३/१० देखि सुरु भएको छ । नगर उप-प्रमुख श्री विन्दु पुडासैनी सिम्खडा ज्यूको सभाध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबम संघिय सांसद माननीय माधब कुमार नेपाल बाट दिप प्रज्वलन गरी गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य श्री कृष्ण राइ ,प्रतिनिधि सभा सदस्य श्री सरिता न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत श्री विजयराज सुवेदी हुनुहुन्थ्यो ।सो कार्यक्रममा  नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी, नगरपालिकाका  १ देखि ९  वटा वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु र  कर्मचारीहरु,विभिन्न मिडियाका मिदियाकर्मीहरुको उपस्थिति रहेको थियो। 

, , , , , , , , ,

मिति २०७६/०२/०१ गते आयोजित अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्यक्रमका झलकहरु।।।परिचय पत्र वितरण कार्यक्रमको सुरुवात मिति २०७६/०२/०२ बाट भएको छ। यस नगरपालिकामा रहनुभएका फरक क्षमता भएका व्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्ने सम्बन्धि थप जानकारीको लागि आफ्नो सम्बन्धित वडा कार्यालयहरुमा वा नगरपालिकाको महिला तथा बालबालिका शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

, , , , , , , , , ,

श्री साथी नेपाल संस्थाको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा  नगरस्तरीय मेलमिलापकर्ताहरुलाई मेल मिलाप ऐन समबन्धि अन्तरक्रिया कार्यक्रम मिति २०७६/०१/१८ देखी २० गतेसम्म आयोजित थियो।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्तिथ नर्लिंग रिसोर्टमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्ण हरि थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख बिन्दु पुडासैनी , कागेश्वरी मनोहरा नगरपालिका शिक्षा शाखा प्रमुख , कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल वडा नं ९ का वडा अध्यक्ष कुन्दन खड्का, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला,कार्यपालिका सदस्यहरुवडा सदस्य तथा प्रत्येक वडाका मेलमिलाप कर्ता कानुनी सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता श्री साथी नेपाल कि अध्यक्ष सरिता सापकोटाले गर्नुभएको थियो।

, , , , , , , , ,