Latest
Photo Gallery
यस कागेश्वरी मनोहरा नगरपालिकाको आ. ब. २०७६/०७७को तेस्रो नगरसभा मिति २०७६/०३/१० देखि सुरु भएको छ । नगर उप-प्रमुख श्री विन्दु पुडासैनी सिम्खडा ज्यूको सभाध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबम संघिय सांसद माननीय माधब कुमार नेपाल बाट दिप प्रज्वलन गरी गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य श्री कृष्ण राइ ,प्रतिनिधि सभा सदस्य श्री सरिता न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत श्री विजयराज सुवेदी हुनुहुन्थ्यो ।सो कार्यक्रममा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी, नगरपालिकाका १ देखि ९ वटा वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु र कर्मचारीहरु,विभिन्न मिडियाका मिदियाकर्मीहरुको उपस्थिति रहेको थियो।
मिति २०७६/०२/०१ गते आयोजित अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्यक्रमका झलकहरु।।।परिचय पत्र वितरण कार्यक्रमको सुरुवात मिति २०७६/०२/०२ बाट भएको छ। यस नगरपालिकामा रहनुभएका फरक क्षमता भएका व्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्ने सम्बन्धि थप जानकारीको लागि आफ्नो सम्बन्धित वडा कार्यालयहरुमा वा नगरपालिकाको महिला तथा बालबालिका शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।
- ‹ previous
- 15 of 21
- next ›