FAQs Complain Problems

Photo Gallery

श्री साथी नेपाल संस्थाको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा  नगरस्तरीय मेलमिलापकर्ताहरुलाई मेल मिलाप ऐन समबन्धि अन्तरक्रिया कार्यक्रम मिति २०७६/०१/१८ देखी २० गतेसम्म आयोजित थियो।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्तिथ नर्लिंग रिसोर्टमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्ण हरि थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा उप प्रमुख बिन्दु पुडासैनी , कागेश्वरी मनोहरा नगरपालिका शिक्षा शाखा प्रमुख , कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल वडा नं ९ का वडा अध्यक्ष कुन्दन खड्का, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला,कार्यपालिका सदस्यहरुवडा सदस्य तथा प्रत्येक वडाका मेलमिलाप कर्ता कानुनी सल्लाहकार लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता श्री साथी नेपाल कि अध्यक्ष सरिता सापकोटाले गर्नुभएको थियो।

, , , , , , , , ,

मिति २०७५-०५-२१ गते कागेश्वरी मनिहरा नगरपालिकाको  भवन मापदण्ड ,२०७५ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ज्यू लगायत नगर कार्यपालिकाका सदस्य ज्यूहरु,सहरी विकास तथा भवन निर्माण विभागको बरिष्ठ ईन्जिनियर तथा  नगरपालिकामा कार्यरत प्राविधीकहरु र शाखाप्रमुखहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा नगरपालिकाले असोज १ गते बाट लागु हुने भवन मापढण्ड सम्बन्धी छलफल तथा राय सुझावहरु लिने कार्य गरिएको थियो।

, , , , , , ,