कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. २ साविकको वडा नं. ३ र १५ (साविकको आलापोट गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण अनुसार यस वडामा जम्मा ७५२ घरधुरी छन् भने यस वडामा जम्मा ३४६८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १७०३ र पुरुष जनसंख्या १७६५ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.५५३ वर्ग कि.मी रहेको छ । बिभिन्न जात्राहरुको लागि यस वडा प्रख्यात रहेको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ साविकको वडा नं. १,२,र १४(साविकको गागलफेदी गाविस ) मिलेर बनेको छ।यस नगरपालिकाले वि.स. २०७५ मा गरेको घरधुरी सर्वेक्षण यस वडामा जम्मा १५१५ घरधुरी छन् भने जम्मा ६७७८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३३०२ र पुरुष जनसंख्या ३४७६ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ९.८१७७ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको नामाकरण यसै वडामा अवस्थित कागेश्वरी महादेव मन्दिरबाट भएको हो।
यस वडाका जनप्रतिनिधिमा मुकुन्द प्रसाद गजुरेल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।