कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ९ साविकको वडा नं. १३ (साविकको गोठाटार गाविस वडा नं. ८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा ८१५२ घरधुरी छन् भने यस वडामा जम्मा २८४९५ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १३६५४ र पुरुष जनसंख्या १४८४१ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.४६३ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा कुन्दन खड्का २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा अनिल थापा निर्वाचित हुनु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ८ साविकको वडा नं. ११ (साविकको गोठाटार गाविसको वडा नं. १,२,३ र ४ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा ३०२९ घरधुरी छन् भने यस वडामा जम्मा ११०१६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ५३३९ र पुरुष जनसंख्या ५६७७ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.७१८ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा श्रीकृष्ण चाँपागाई २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका हरिभक्त पुडासैनी निर्वाचित हुनु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ७ साविकको वडा नं. ८ र १२ (साविकको मूलपानी गाविस वडा नं. १,२,३ र गोठाटार गाविस वडा नं. ५,६, र ७ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा ४९०१ घरधुरी छन् भने यस वडामा जम्मा १९००८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ९३१४ र पुरुष जनसंख्या ९६९४ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.४२२५ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा जीवन थापा २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ साविकको वडा नं. ९ र १० (साविकको मूलपानी गाविस वडा नं. ४,५,६,७,८ र ९) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा २९४१ घरधुरी छन् भने यस वडामा जम्मा १२८८१ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ६३६६ , पुरुष जनसंख्या ६५१४ र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ३.०२७ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा प्रकाश फुयाल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ५ साविकको वडा नं. ७(साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा २३९७ घरधुरी छन् भने यस वडामा जम्मा ९७७६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या ३ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४.२२४ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा राजाराम पुडासैनी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।\
स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा शंकर पाण्डे निर्वाचित हुनु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४ साविकको वडा नं. ५ र ६(साविकको डाँछी गाविसको वडा नं. १,२,३,४,५ र ६ ) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा १७९६ घरधुरी छन् भने यस वडामा जम्मा ७७७७ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.९६४ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा भाईकाजी अधिकारी २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ३ साविकको वडा नं. ४र १६ (साविकको भद्रवास गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण , २०७५ अनुसार यस वडामा जम्मा ६८३ घरधुरी छन् भने यस वडामा जम्मा २९३२ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १४०० र पुरुष जनसंख्या १५३२ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.६१ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा राममणी पुडासैनी २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो र स्थानीय निर्वाचन,२०७९ बाट पुनः वडा अध्यक्षमा राममणी पुडासैनी निर्वाचित हुनभएको छ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।