FAQs Complain Problems

कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका वितरण सम्बन्धी सूचना(सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु))

यस नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको आधारभूत तह कक्षा ८ को मिति
२०७६।११।२७ गते देखि सञ्चालन हुने परीक्षाका उत्तरपुस्तिका वड नं. १ देखि ५ सम्मका विद्यालयहरुका
लागि मिति २०७६।११।२५ गते आइतवार र वडा नं.६ देखि ९ सम्मका विद्यालयका लागि मिति २०७६।११।२६
गते सोमवार देहाय वमोजिमका वितरण केन्द्रबाट वितरण गरिने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।साथै
परीक्षाको प्रश्नपत्रहरु परीक्षा मिति कै दिन विहान १० वजे सम्बन्धित वितरण केन्द्रवाट वितरण गरिने व्यहोरा
जानकारी गराइन्छ। उपर्युक्त सूचनालाई सम्बन्धित विद्यालयहरु समक्ष सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण
महानुभावहरुमा अनुरोध छ।