गणतन्त्र नेपालको बागमती प्रदेश को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।
विविध धार्मिक, साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका २७ ४१' २०” देखी २७ ४६' ३३” उत्तर अक्षांश र ८५ २१' ४५” देखी ८५ २८' १९” पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र उत्तर पश्चिममा गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।
मिति २०८०/१२/२२ गते आयोजित टोल विकास समितिका पदाधिकारीहरुलाई कर संलकन अभियान सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम ।।
मिति २०८०/१२/२२ गते वडा नं. १ गागलफेदीमा कृषि विकास शाखाद्वारा आयोजित अदुवा खेती विषयक एक दिवसीय तालिम तथा ८०% अनुदानमा कृषकको माग बमोजिम अदुवा विउ वितरण कार्यक्रम ।।
"सहकारी सुशासनःप्रविधि र एकिकरण" ६७ औँ राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा आयोजित सहकारीको वर्तमान अवस्था,चुनौती र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।।।
कागेश्वरी मनोहरा नगरपालिकाका महिला समूह/समिती/संस्थाका पदाधिकारीहरुको संस्थागत क्षमता विकास तालिम कार्यक्रमको समापन कार्यक्रम.....
मिति २०७९/०६/११ गते विश्व पर्यटन दिवसको अवसरमा लायन्स क्लब अफ काठमाडौँ कागेश्वरी मनोहरा District 325 G को समन्वयमा नेपाल पर्यटन बोर्ड र कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित वृक्षारोपण कार्यक्रम..
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।
Rapid Response सम्बन्धी
मिति २०७९/०२/२३ गते सम्म यस नगरपालिकाले गठन गरेको Rapid Response Team को कार्य हेर्नको लागि यहाँ क्लिक गर्नुहोला।