समाचार
कागेश्वरी मनोहरा नगरपालिकाको भवन मापदण्ड,२०७५ बारे अन्तरक्रिया,छलफल तथा राय सुझाव कार्यक्रम
मिति २०७५-०५-२१ गते कागेश्वरी मनिहरा नगरपालिकाको भवन मापदण्ड ,२०७५ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ज्यू लगायत नगर कार्यपालिकाका सदस्य ज्यूहरु,सहरी विकास तथा भवन निर्माण विभागको बरिष्ठ ईन्जिनियर तथा नगरपालिकामा कार्यरत प्राविधीकहरु र शाखाप्रमुखहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा नगरपालिकाले असोज १ गते बाट लागु हुने भवन मापढण्ड सम्बन्धी छलफल तथा राय सुझावहरु लिने कार्य गरिएको थियो।