FAQs Complain Problems

२०७२।०५।२५ भन्दा अगाडी निर्माण भएका घरको नक्शा पास नियमित गर्ने सम्बन्धमा

मितिः- २०७२।०६।१९

 अत्यन्त जरुरी सार्वजनिक सूचना

सम्पुर्ण नगरवासीहरु‚

      प्रस्तुत विषयमा यस कागेश्वरी मनहरा नगरपालिकाले मिति २०७२।०५।२५ भन्दा अगाडी निर्माण भएका घरको नक्शा पास नियमित गर्ने सम्बन्धमा यस नगरपालिकाको मिति २०७२।०५।२५ को विशेष नगरपरिषद् तथा यस नगरपालिकाको मिति २०७२।०६।१९ को निर्णय अनुसार २०६४ सालको मापदण्ड पुरा गरेका घरहरुको यो सूचना प्रकाशित भएको मितिले २०७२ साल चैत मसान्तभित्र नक्शा पास नियमित गर्ने निर्णय भएकाले तपसिलका कागजात सहित तोकिएको समयभित्र नक्शा पास नियमित गर्नुहुन जानकारी गराइन्छ ।

तपसिलः

१.    घरको नक्शा - २ प्रति

२.    लालपुर्जाको फोटोकपि - १ प्रति

३.    ब्लु प्रिन्ट नक्सा - १ प्रति

४.    नागरिकता प्रमाणपत्रको फोटोकपी- १ प्रति

५.    २०७२।०४।२९ भन्दा अगाडी निर्माण भएको आधारहरु

६.    तिरो तिरेको रसिद

  • बिजुलीको मिटर जडानको कागजातको फोटोकपी
  • स्थलगत सर्जमिन सक्कल - सम्बन्धित वडा सचिव बाट मुचुल्का भई आएको _
  • अंशबण्डाको लिखत - अंशवण्डाबाट आएको भए _
  • हाल कायम भएको कित्ता पुरानोबाट आएको भए - प्लट रजिष्टर समेत _
  • दुई आना दुई पैसा भन्दा कम जग्गामा नक्शा नियमित नहुने - अंशवण्डाबाट आएको बाहेक _
  • तोकिएको समयभित्र नक्शा नियमित गर्न नआउने घरहरुको नक्सा नियमित नहुने     व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।