FAQs Complain Problems

वडा नं.७

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ७ साविकको वडा नं. ८ र १२ (साविकको मूलपानी गाविस वडा नं. १,२,३ र गोठाटार गाविस वडा नं. ५,६, र ७ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा ४९०१ घरधुरी छन् भने यस वडामा जम्मा १९००८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ९३१४ र पुरुष जनसंख्या ९६९४  रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.४२२५  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा  जीवन थापा २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा भिमसेन थापा निर्वाचित हुनु भएको छ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali
Population: 
१९००८
Ward Contact Number: 
०१-४१५३५९०
Weight: 
0