FAQs Complain Problems

अनाधिकृत प्लटिङ्ग सम्बन्धी सूचना

अनाधिकृत प्लटिङ्ग सम्बन्धी सूचना

 

यस नगरपालिकाको मिति २०७०।१०।२९ को निर्णयअनुसार नगरपालिकाको स्वीकृति विना अनाधिकृत रुपमा नगरपालिकाको प्रचलित मापदण्ड तथा नेपाल सरकारबाट जारी ऐन‚ नियम र मापदण्ड विपरित जग्गा खण्डिकरण गरी प्लटिङ्ग भइरहेकोमा नगरपालिकाबाट सम्बन्धित सबैलाई सार्वजानिक सूचना तथा पत्राचार समेत भएकोमा हाल सम्म नगरपालिकाका विभिन्न क्षेत्रहरुमा त्यस प्रकारको अनाधिकृत रुपमा जग्गा प्लटिङ्ग भइरहेको देखिएकाले  त्यस्ता प्लटिङ्ग कार्य तुरुन्त रोक्न यसै सूचनाबाट निर्देशन गरिन्छ । साथै स्वीकृत बिना प्लटीङ्ग गरिरहेको क्षेत्रमा नगरपालिकाबाट घर नक्सा पास गर्न बाध्य नहुने भएकोले अनाधिकृत रुपमा प्लटिङ्ग गरिएको क्षेत्रमा विकास गरिएको सडक तथा अन्य संरचनाको क्षेत्राधिकार मापदण्ड बमोजिम नहुने भएकोले त्यस प्रकारका घडेरी किनबेच गरी ठगिनबाट बच्न सम्बन्धित सबैलाई जानाकारी गराईन्छ ।