समाचार
उध्योगव्यवसाय तथा साना व्यापारीक फर्महरुलाई दर्ता हुन आउन सम्बन्धमा
अत्यन्त जरुरी सूचना
सम्पुर्ण नगरवासीहरु ।
प्रस्तुत विषयमा यस कागेश्वरी मनहरा नगरपालिकाभित्र कार्यक्षेत्र रही घरेलु तथा साना उध्योग कार्यालय‚ वाणिज्य विभाग‚ उध्योग विभागमा दर्ता भई यस नगरपालिकाभित्र संचालनमा रहेका उध्योग/व्यवसाय तथा साना व्यापारीक फर्महरुलाई यस नगरपालिकाभित्र यो सूचना प्रकाशित भएको मितिले ६ महिनाभित्र तपसिलका कागजातसहित अध्यावधिक गरी नगरपालिकामा दर्ता हुन आउन जानकारी गराइन्छ । अन्यथा नियम अनुसार हुने व्यहोरा जानकारी गराइन्छ ।
तपसिलः-
१. व्यवसाय/फर्म /उध्योग दर्ताको प्रमाणपत्रको प्रतिलिपि - १
२. फोटो पासपोर्ट साइजको २ प्रति
३. नागरिकता पमाणपत्रको प्रतिलिपि - १
४. उध्योग व्यवसाय आफ्नै जग्गामा रहने भए ज.ध.प्र. पुर्जाको प्रतिलिपि
५. भाडामा रहने भए भाडा सम्झौताको फोटोकपि र भाडा लिने जग्गाको ज.ध.को प्रतिलिपि
६. लेखा परिक्षण प्रतिवेदन
७. EIA रिपोर्ट