संक्षिप्त परिचय

राजधानी काठमाण्डौंको उत्तर पूर्वमा अवस्थित यस नगरपालिका वि.सं. २०७१ मार्ग १६ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयद्वारा गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.लाई मिलाएर गठन गरिएको हो । यस नगरपालिकाको नामांकन साविक गागलफेदी गा.वि.स. हालको वडा नं १ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेवको मन्दिर र मनहरा नदीको नामले कागेश्वरी मनहरा रहन गएको व्यहोरा यहाँहरुलाई स्मरण गराउन चाहन्छु । यस नगरपालिकाको पूर्वमा शंखरापुर नगरपालिका र भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका‚ पश्चिममा काठमाण्डौं महानगपालिका वडा नं ३५ र गोकर्णेश्वर नगरपालिका‚ उत्तरमा सिन्धुपाल्चोक जिल्ला पर्दछ भने दक्षिणमा मध्यपुरथिमी नगरपालिका पर्दछ । यस नगरपालिका हाल १ देखि १६ वडामा विभाजित भई २७.६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिका उपत्यकाको अत्यन्तै उर्वर कृषि क्षेत्र भएको नगरपालिका हो ।

आ.व. २०७४/०७५ को प्रथम नगरसभाको निर्णय