गणतन्त्र नेपालको बागमती प्रदेश को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।
विविध धार्मिक, साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका २७ ४१' २०” देखी २७ ४६' ३३” उत्तर अक्षांश र ८५ २१' ४५” देखी ८५ २८' १९” पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र उत्तर पश्चिममा गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।
कागेश्वरी मनोहरा नगरपालिका मा Harrisonville City, संयुक्त राज्य अमेरिकाका मेयर Mike Zaring तथा Summit Technology Academy का निर्देशकको गरिमामय उपस्थितिमा “Friendship Exchange & Educational Collaboration” सम्बन्धी कार्यक्रम
वायु प्रदुषण सम्बन्धी वातावरण विभाग तथा कागेश्वरी मनोहरा नगरपालिकाको अपिल
कागेश्वरी मनोहरा नगरपालिकाले युवाहरुलाई रोजगारीमुखी बनाउने आफ्नै नगरपालिकाभित्र अवसर सिर्जना गर्ने तथा डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यका साथ जेनेस सोलुसन प्रा.लि.को सहकार्यमा निःशुल्क १० दिने आईटी (IT) तालिम कार्यशाला प्रारम्भ
कागेश्वरी मनोहरा नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रम
कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनीक भवनको औपचारिक उद्घाटन कार्यक्रम
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।