कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ९ साविकको वडा नं. १३ (साविकको गोठाटार गाविस वडा नं. ८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा ८१५२ घरधुरी छन् भने यस वडामा जम्मा २८४९५ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १३६५४ र पुरुष जनसंख्या १४८४१ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.४६३ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा कुन्दन खड्का २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा अनिल थापा निर्वाचित हुनु भएको छ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।